सोलु: सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा ट्रकमाथिको जेसिबि क्रेनले सडक माथि टाँगिएको विद्युतको मेन तार छुन गएपछि करेन्ट लाग्दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने थप २ जना घाइते भएका छन् । 

सोलुखुम्बुबाट पोखरा जादै गरेको ग १ क ५१७३ नम्बरको ट्रकले बोकेको जेसिबि क्रेनले बिहान पौने ९ बजे विद्युतको तार छुँदा यो घटना भएको थियो । उक्त घटनामा मृत्यु हुनेमा ट्रक चालक बाग्लुङको बडीगंगा गाउँपालिका ५ का २६ बर्षीय भुमीराज मरासैनी र ट्रकमा सवार जेसिबि चालक स्याङजाका २३ बर्षीय राम परियार रहेको प्रहरीले जनाएको छ ।

jcb

यस्तै, घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारकी श्रीमती २० बर्षीया लिला परियार रहेका छन् । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी नायक उपरीक्षकको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली परिचालन भएका थिए । उनीहरुले घाईतेहरुलाई उद्दार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।