धरान: धरान १५ स्थित के.के.इन्टरनेशनल विद्यालयले ३ जना शिक्षकलाई विना कारण अनधिकृतरुपमा निष्काशन गरेको भन्दै निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन(प्याब्सु) सुनसरीले विरोध जनाएको छ।

प्याब्सु सुनसरीका सचिव रोमनाथ ढुंगेलले विज्ञप्ती जारी गर्दै शिक्षकहरु निलम चौधरी, पुनमगोविन्द लाखे र सुरज बराललाई अनधिकृतरुपमा निष्काशन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्याब्सुका अनुसार निष्काशनमा परेका शिक्षकहरुले जेठ २७ गते संस्थामा निवेदन दिएका थिए । कोभिड महामारीविरुद्ध एकतावद्ध भएर लड्नुपर्नेमा आफुमा आश्रित शिक्षकहरुमाथि ज्यादतीपुर्ण व्यवहार भएको पनि प्याब्सुले जनाएको छ । 

प्याब्सुले शिक्षा ऐन, श्रम ऐन एवं प्रचलित कानुन विपरीत बिना कारण निष्काशन गरिनु निन्दनीय कार्य भएको पनि ठहर गरेको छ । साथै, के.के.स्कुलको उक्त कार्यको निन्दा र भत्र्सना गर्दै अबिलम्ब कमजोरीलाई सच्याउन पनि प्याब्सुले माग गरेको छ । साथै, उक्त स्कुलले शिक्षा मन्त्रालयको निर्देशन अनुसार असार पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्नेमा त्यसविपरीत जेठ पहिलो हप्तादेखि नै नयाँ शैक्षिक सत्र सुरु गरेमा पनि ध्यानाकर्षण भएको जनाएको छ । उक्त स्कुलको यस्ता गतिविधिहरुलाई रोक्न र कानुनको दायरामा ल्याउन पनि प्याब्सु सुनसरीले सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराएको छ । 

pabsu