धरान: वाइसिएल सुनसरीले शनिवार वराहक्षेत्र नगरपालिकाका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । 

वाइसिएल सुनसरीले असहाय, अपाङ्ग र एकल महिलाका ३५ घर पविारलाई खाद्यान्न सहयोग गरेको हो । वाइसिएलले करिव ५० हजार रुपैया वरावरका चामल, नुन र तेल सहयोग गरेको जनाएको छ । वाइसिएल जिल्ला प्mयाक्सन इन्चार्ज पुर्ण भुजेल चिन्तन, वाइसिएल प्रदेश १ सदस्य नविन केसिको उपस्थितिमा सहयोग सामग्री घर घरमा पुर्याएको अध्यक्ष भुवन याक्खाले जानकारी दिए । 

अध्यक्ष याक्खाका अनुसार कोरोना महामारिका कारण भएको लकडाउनको कारण समस्यामा परेका परिवारहरुलाई खाद्यान्न सहयोग गरिएको हो । गत साल पनि संगठनले लकडाउनको समयमा समस्यामा परेका असहाय तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको याक्खाले वताए । वाइसियल वराह नगर संयोजक प्रेम घिमिरेको पहलमा खाद्यन्न सहयोग कार्यक्रम संपन्न भएको थियो ।