उदयपुर: उदयपुर ताप्ली गाउँपालिका ४ पोखरीस्थित कच्ची सडकमा शनिबार बेलुका साँढे ७ बजे लहानबाट लखनडाँडार्फ जादै गर्दा बोलेरो गाडी सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मिलको मेशिन बोकेर जादै गरेको बा १८ च १५६७ नम्वरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा  बोरेलोमा सवार ४ जना मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षीय इन्द्र वहादुर बिक रहेका छन् । सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ बर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरे का ३० बर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वर बहादुर तामाङ घाईते भएका छन् । 

 प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली खटिएर श्रेष्ठ र सार्कीलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएको छ भने अर्का घाईते तामाङ सामान्य हात खुट्टा चोट लागेकोले सामान्य उपचार पश्चात घरमा नै रहेका छन् । दुर्घटनामा परि मृत्यु भएका बिकको लास घटनास्थलमा नै रहेकोले कानुनी प्रकृया पुरा गर्नको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट डिएसपीको टोली खटिएको प्रहरीले जनाएको छ ।