धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक जना धरान १८ का ५५ बर्षीय पुरुष रहेका छन् । उनको हिजो शनिबार बिहान ४ बजेर ५५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएको जानकारी भने प्रतिष्ठानले आज मात्र दिएको हो । मृतकलाई जेठ २३ गते संक्रमण पुष्टि भएको थियो भने जेठ २४ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

यसैगरि, सिराहाको लाहान १५ का ३४ बर्षीय पुरुषको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार राती १२ बजेर ५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतकलाई जेठ ७ गते संक्रमण पुष्टि भएको थियो भने जेठ ९ गते अस्पताल भर्ना गरिएको थियो । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।