उदयपुर: उदयपुर त्रियुगा नगरपालिका ७ पानीतारेमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका ८ धितुङका २२ बर्षीय सरोज राई रहेका छन् । आज दिउसो साढे १२ बजे सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागेर घटनास्थलमानै मृत्यु भएको हो । घटनाको जानकारी पाए पछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।