विराटनगर: प्रहरीले झापा र ईलामामा लागूऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय दमकको टोलीले हिजो आईतबार दिउँसो ३ बजे कमल गाउँपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई ब्राउन सुगरसहित घरबाट पक्राउ गरेको हो । उनको साथबाट ४ ग्राम ब्राउन सुगर वरामद भएको थियो । यसैगरि, आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीको टोलीले ईलामको माई नगरपालिका ४ शंकरगाउँबाट ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा माई नगरपालिका ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, माई नगरपालिका १ का २२ बर्षीय रुपेश कुमार खत्री र २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ छन् ।  उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर पनि वरामद भएको छ । यस्तै, उनीहरुले प्रयोग गरेको प्रदेश १-०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।