सुनसरी: सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जना बालिकाको मृत्यु भएको छ । 

हिजो आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका ७ की २ बर्षीया छोरी प्रसंसा दनुवार घर अगाडिको नहरमा डुबेकी थिइन् । खेल्ने क्रममा नहरमा डुबेकी बालिकालाई उपचारको लागी बिराट मेडिकल कलेज मोरङ पुर्‍याउदा मृत्यु भई सकेको थियो ।

यस्तै, आईतबार दिउँसो ३ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका ५ ठिकि टोलकी १८ महिनाकी आश्मा अधिकारीको पनि पानीमा डुबेर मृत्यु भएको छ । आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबेर उनी बेहोस भएकी थिइन् । उनलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको थियो । उनको उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।