धरान: कोभिड महामारीको दोस्रो लहरको कारण अत्यावश्यक सेवाहरु मात्र प्रवाह गरिरहेको धरान उपमहानगरपालिका र वडा कार्यालयहरुले मंगलबारदेखि भने सम्पुर्ण सेवाहरु सुचारु गर्ने भएको छ । 

उपमहानगरपालिकाले एक सुचना जारी गर्दै असार १ गतेदेखि सरकारले तोकिएको स्वास्थ्य प्रोटोकलहरु पुरा गरेर सम्पुर्ण सेवाहरु सुचारु गर्ने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयल सुनसरीले असार १ गतेदेखि ७ गतेसम्म निषेधाज्ञाको समय थप गरेपनि उपमहानगरपालिकाले भने असार १ गतेदेखि सम्पुर्ण सेवाहरु सुचारु गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । धरान उपमहानगरपालिकाले कोरोनाको दोस्रो लहर शुरु भएपछि गत बैशाख २२ गतेदेखि अत्यावश्यक सेवाबाहेक सम्पुर्ण सेवाहरु बन्द गरेको थियो । 

notice