धरान: सेवा, साधना तथा सत्संगलाई आफनो मुल मन्त्र बनाई योग, ध्यान, प्रणायाम र सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएका अन्र्तराष्ट्रिय संस्था द आर्ट अफ लिभिङले खाद्यान्न बितरण गरेको छ । 

संस्थाको धरानमा रहेको शाखाले सोमबार धरान ५ तल्लो देउरालीस्थित सुकुम्बासी बस्तीमा रहेको दैनिक गरी खाने वर्ग तथा लकडाउनबाट प्रभावित ५८ घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो । संस्थाको नेपालस्थित काठमाडौमा रहेको कार्यालय र सुनसरी जिल्लाकी संयोजक पार्बती श्रेष्ठको आर्थिक सहयोगमा ५२ हजार रकम बराबरको खाद्यान्न सहयोग गरेको संस्थाले जनाएको छ । 

art

संस्थाकी संयोजक श्रेष्ठका अनुसार उक्त खाद्यान्न राहतमा प्रतिपरिवार १० केजी चामल, एक केजी दाल, एक लिटर तेल, एक केजी न्युटेला र बिस्कुट हस्तान्तरण गरिएको छ । गत साल पनि संस्थाले कोरोना महामारीले गर्दा लकडाउन भए संगै सबै क्षेत्र पनि वन्द भए पछि  खाद्यान्न प्रदान गरेको थियो । उक्त खाद्यान्न बितरणका लागी धरान ईग्लीस बोर्डिङ स्कुलका अध्यक्ष दिनेश जिमी, स्थानीय पत्रकार बिनोद दर्नाल लगायतले सहयोगी भुमिका खेलेका थिए ।