धरान: उपचारको क्रममा धरानका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा धरान १५ का ८४ बर्षींय वृद्धको आज (सोमबार) बिहान साढे १० बजे मृत्यु भएको हो । दीर्घ रोगी रहेका वृद्धलाई जेठ १९ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना भएको प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठालने जनाएको छ ।