धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रदेश सभामा पेश गरेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले मंगलबार प्रदेश सभामा बजेट पेश गरेका हुन् । उनले विनियोजनमध्ये चालु तर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३ दशमलव ६ प्रतिशत, पुजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख आर्थत ४६ दशमलव ३ प्रतिशत विनियोजन गरिएको जानकारी दिए । यस्तै, स्थानीयतहमा वित्तिय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख आर्थत १० प्रतिशत तथा वित्तिय व्यस्थातर्फ ३ करोड विनियोजन रहेको जानकारी दिएका छन् । 

यसैगरि, आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजश्वबाट ४ अर्ब ९ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ८ अर्ब ५६ करोड ७८ लाख, ससर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपुरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख र बिशेष अनुदानबाट ५९ करोड ३३ लाख गरि राजश्व तथा वित्तिय हस्तान्तरणबाट कुल ३० अर्ब २० करोड ७९ लाख खर्च व्यहोरिने अनुमान गरिएको छ । बाँकी अपुग रकम नगद मौजुदाबाट २ अर्ब तथा बैदेशिक अनुदानबाट २६ करोड १३ लाख व्यहोरिने पनि मन्त्री आङबुहाङले जानकारी दिए । 

बजेटको पुर्णपाठ: