धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा धरानकी एक कारोना संक्रमित महिलाको मृत्यु भएको छ । 

धरान ११ की ४७ बर्षीय महिलाको हिजो राती ९ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई जेठ १० गते संक्रमण पुष्टि भएको थियो भने जेठ १५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।