धरान: उपचारको क्रममा धरानका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान १६ का ८० बर्षीय वृद्धको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उनको हिजो साँझ ६ बजेर १० मिनेटमा मृत्यु भएको थियो । उच्च रक्तचापको पनि समस्या रहेका वृद्धलाई जेठ २४ गते संक्रमण पुष्टि भएको थियो भने उनलाई सोही दिन वीपी प्रतिष्ठानको कोभिड अस्प्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठालने जनाएको छ ।