मोरङ: मोरङको पथरीशनिश्चरे र कानेपोखरीबाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय पथरीको टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट स्थानीय ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरेको हो ।  बिशेष सुचनाको आधारमा आज बिहान साढे ६ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैको साथबाट ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन पनि वरामद भएको छ । 

यसैगरि, हिजो राती साढे १० बजे कानेपोखरी गाँउपालिका २ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट ब्राउन सुगरसहित ईलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर वरामद भएको छ । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।