धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान ११ का ६६ बर्षीय संक्रमित वृद्ध छन् भने अर्का सुन्दर हरैचा १० मोरङका ९९ बर्षीय वृद्ध छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरानका वृद्धको आज बिहान ४ बजेर २० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचापका विरामी पनि रहेका उनलाई असार ३ गते संक्रमण पुष्टि भएको थियो सोही दिन अस्पताल भर्ना गरिएको थियो ।
यसैगरि, दीर्घरोगी रहेका मोरङ सुन्दरहरैचाका वृद्धको पनि आज बिहान ६ बजेर २० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनलाई असार १ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ ।