धरान: नेपाल स्काउटको ७०औँ  स्थापना दिवसको अवसरमा शनिबार धरानमा वृक्षारोपण गरिएको छ । 

धरान १६ स्थित निर्माणाधिन मेयर तारा सुब्बा स्मृति पार्कमा वृक्षारोपण कार्यक्रम भएको हो । धरानसँगै आज १ नम्बर प्रदेशभरिका पालिकाहरुमा वृक्षारोपण भएको स्काउटले जनाएको छ । स्काउट धरानका संयोजक अनुप तामाङ, उपमहानगरपालिकाकी उपप्रमुख एवम् प्रमुख स्काउट मन्जु भण्डारी सुवेदी, इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक हेमराज वली, १६ नं वडाका वडाध्यक्ष दिलकुमार गिरीलगायतको उपस्थितिमा वृक्षारोपण गरिएको थियो । 

scaut1

पार्कमा विभिन्न ५० बोटविरुवा रोपिएको स्काउट धरानले जनाएको छ । कार्यक्रममा पत्रकार महासंघ सुनसरीका पूर्व उपाध्यक्ष सन्तोष काफ्ले, प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी, नारद राई, शिक्षासेवी हरिहर कोइराला, नगर सदस्य, रोभर रेन्जरलगायतको उपस्थिति रहेको नगर तदर्थ समिति सदस्य सन्तोष कोइरालाले जानकारी दिए ।