धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक संक्रमित युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहा नगरपालिका २ का २४ बर्षीय युवा छन् । उनका आज बिहान साढे ६ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । असार ४ गते संक्रमण पुष्टि भएका उनलाई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।