मोरङ: गाँजा ओसारपसार र बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना धरानका पनि छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका ५ वरगाछी चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई, सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव र धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय  रुद्र राई रहेका छन् । धरानका सुर्य भेन चालक रहेको खुलेको छ ।

यस्तै, भारत अररिया फार्बिजगन्जका १९ बर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुर का २८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० बर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् । प्रहरीले उनीहरुलाई शुक्रबार साँझ ५ बजे पक्राउ गरेको जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद ७ लाख १६ हजार ६ सय, भारु २ हजार पनि वरामद भएको छ । प्रहरीले थप अनुन्धान गर्ने क्रममा गाँजा ओसार पसारमा प्रयोग गरेको को १ च २४१२ नम्बरको मारुती भेन र उनीहरुले विराटनगर महानगरपालिका ६ रामपुरस्थित झाँडीमा लुकाई राखेको १८ केजी गाँजासमेत फेला पारेको मोरंग प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका ६ जनाबारे लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भई रहेको मोरंग प्रहरीले जनाएको छ ।