पाँचथर: पाँचथरको याङवरक गाउँपालिका २ मा पहिरोसँगै झरेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा याङवरक गाउँपालिका २ लेखेवाका ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको, शरीरमा ढुंगाले लागेर घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भएका छन् ।
आज बिहान सवाँ ७ बजे नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथीबाट पहिरोसंगै आएको ढुंगाले उनीहरुलाई लागेको थियो । घटनाबारे प्रहरी चौकी फलैचा र सिमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोली खटिएको छ भने घाईतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा पठाईएको पाँचथर प्रहरीले जनाएको छ ।