धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान १७ का ७६ बर्षीय वृद्ध रहेका छन् । उनको कोभिड अस्पतालमा आज राती १२ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उच्च रक्तचाप र मधुमेहका पनि दिर्घरोगी रहेका वृद्धलाई असार १ गते संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । मृतकको शवलाई नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।