सुनसरी: खानेतेलको गिलेनमा लुकाएको लागुऔषधसहित सुनसरीका एक युवा विराटनगरबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुनसरीको चक्रघट्टीका ३२ बर्षीय राजकुमार मगर रहेका छन् । उनलाई मोरङको बिराटनगर १६ दक्षिण गेटबाट लागूऔषध नियन्त्रण ब्युरोले हिजो मंगलबार बेलुका साढे ६ बजे पक्राउ गरेको हो । पक्राउ परेका मगरले बोकेको झोलामा खानेतेलको गिलेनमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

उनको साथबाट एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको मोरङ प्रहरीले जनाएको छ ।  पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।