धरान: धरानबाट एक जना युवा प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय धरानको टोलीले हिजो मंगलबार राती धरान ११ सयपत्री चौकबाट एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेंमा स्थानीय २३ बर्षीय मुकेश कार्की रहेका छन् । उनको साथबाट ओपोट्याब २ हजार ट्याब्लेट, स्पास्मो १२३० ट्याब्लेट र स्पास्मो (फोक्सिबोन) २५० क्याप्सुल वरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका कार्कीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।