मोरङ: मोरङको बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल बिराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।