धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक जना धरानकी महिला र एक जना मोरङ, केराबारीका पुरुष वृद्ध छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान ८ की ६० बर्षीया वद्धाको आज बिहान साढे ७ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । उनलाई जेठ २८ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरि, मोरङको केराबारी ७ का ७२ बर्षीय वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ । उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगीसमेत रहेका वृद्धको राती १२ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.पोखरेलले जानकारी दिएका छन् । वृद्धलाई असार ७ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक दुवैको शव व्यवस्थापन निमय अनुसार भइरहेको पनि प्रतिषठनले जनाएको छ ।