विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६१९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७ पुगेको छ । यस्तै, प्रदेश १ मा ३८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्वु, संखुवासभा र भोजपुरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६४, सुन्दरहरैचामा २०, बुढीगंगामा ११, बेलबारी र लेटाङमा ५–५, कटहरीमा ४, उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई ३–३, धनपालथान, मिक्लाजुङमा २, सुनबर्षी, केराबारी, ग्रामथान, रंगेली, कानेपोखरी र जहदामा १–१ जना छन् । सुनसरीको धरानमा ४७, इटहरीमा ४६, बराहक्षेत्रमा ९, दुहवीमा ७, रामधुनी र स्थानीय तह नखुलेका ५–५, बर्जुमा ३, इनरुवामा २ जना छन् ।
झापाको विर्तामोडमा १९, दमकमा १६, मेचीनगरमा ११, अर्जुनधारामा १०, भद्रपुरमा ८, शिवसताक्षीमा ६, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा ३–३, नखुलेका २ र बा¥हदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरि उदयपुरको त्रियुगामा १२, चौदण्डीगढीमा , उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१ जना छन् ।
पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा २, संखुवासभाको सभापोखरी र धर्मदेवीमा १–१, भोजपुरमा २, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ६०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ९८३ रहेको छ ।