सुनसरी: सुनसरीको ईटहरी १२ खनारस्थित सोमबारे चोकमा भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ईटहरी ११ की ५६ बर्षीया गंगा ढकाल रहेकी छन् । हिजो शुक्रबार राती ९ बजे ईटहरीबाट दुहबीतर्फ जादै गरेको को.१० च. ५५७३ नम्बरको पिकप भेनले पैदल यात्री ढकाललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका ढकालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने भेन प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।