उदयपुर: उदयपुरको लिमचुङबुङ ३ दोबाटेमा बस्दै आएका २५ बर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । 

हिजो शुक्रबार दिउसो १ बजे भैसी चराउन गएका परियारको बिजुलीको पोलमा चड्दा अचानक करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय लिमचुङबुङ र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ । मृतक ताप्लि २ घर भए पनि हाल हाल लिमचुङबुङ ३ दोबाटेमा बस्दै आएका थिए ।