धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्रकी ७५ बर्षीया वृद्धा छिन् । उनको आज राती १२ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतकलाई जेठ २७ गते संक्रमण पुष्टि भएको थियो भने असार ६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।