धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको रामधुनी ७ का ३६ बर्षीय युवा छन् । उनको गए राती ९ बजेर १५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतकलाई असार ३ गते संक्रमण पुष्टि भएको थियो भने ४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।