धरान: कोरोना संक्रमणबाट धरान १८ का एक वृद्धको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ८४ बर्षीय वृद्धको मृत्यु भएको हो । उच्च रक्तचापका विरामी रहेका वृद्धको राती १२ बजेर ३० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।
प्रतिष्ठानका अनुसार मृतकलाई असार ८ गते संक्रमण पुष्टि भएको थियो भने ९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।