धरान ः कोरोना संक्रमण भएर उपचाररत धरान वडा नं ९ का एक वृद्धको मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा ६३ बर्षीय वृद्धको मृत्यु भएको हो । उनको हिजो बेलुका ५ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् ।

मृतकलाई उच्च रक्तचाप र आस्थामाको दीर्घ रोग रहेको पनि प्रतिष्ठानले जनाएको छ । उनलाई असार ६ गते संक्रमण पुष्टि भएको थियो भने ८ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।