धरान: राइड फर राइट्स नेपालका उपाध्यक्ष धरान १६ निवासी शिखा चेम्जोङले आप्mनो जन्मदिनको अवसरमा असहायलाई खाद्यान्न सहयोग गरेकी छिन् । 

उनले धरान पोजिटिभ समुहको सम्पर्कमा रहेको एचआइभि संक्रमित तथा प्रभावित ५ परिवारलाई खाद्यान्न सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी हुन् । चेम्जोङले धरान १ स्थित समुहको कार्यलयमा प्रतिपरिवार एक बोरा चामल र एक केजी दाल सहयोग गरेकी हुन् । विगतमा पनि आफ्नो जन्मदिनमा सामाजिक काम गर्दै आइरहेको बताउदै उनले यसपटक भने साथीहरु मार्फत संक्रमित तथा प्रभावित परिवारको विषयमा थाहा पाए पछि सहयोग गरेको बताइन् । 

गत साल उनले धरान छाताचौकस्थित पुनस्थापना केन्द्रमा रहेकाहरुलाई खाना खुवाएकी थिइन् । सोही समयमा अतिथिको रुपमा उपस्थित महिला संजाल धरानकी अध्यक्ष चेतना सेरेङले प्रत्येक परिवारलाई जनही पाँच सय रुपैया प्रदान गरेकी थिइन् । सामाजिक कार्य गरेर जन्मदिन मनाउने काम सह्रानीय भएको सेरेङले बताइन् । उनले आउदो दिनमा आप्mनो संस्थाबाट आवश्यक सहयोग जुटाउने बताइन् ।

सहयोग दातालाई धन्यवाद दिदै समुहकी प्रमुख सृजना गोलेले धरान पोजिटिभ समुहले सम्पर्कमा आएका सुनसरी भरीका एचआइभी एड्स संक्रमित तथा प्रभावितहरुलाई सहयोग गर्दै आइरहेको जानकारी गराइन् । सहयोग दाताहरुको नजरमा संक्रमित तथा प्रभावित समुदाय खासै नपर्ने गरेकोले आउदो दिनमा पनि गोलेले सहयोगको आग्रह पनि गरिन् । 

कार्यक्रममा राइड फर राइटस की अध्यक्ष उषा ढकाल, फोटो पत्रकार सञ्जय याक्खा, धरान पोजिटिभ समुहका पदाधिकारी लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तस्विरः विकास चाम्लिङ राई