सुनसरी: ईटहरी उप-महानगरपालिका क्षेत्रमा दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा दृई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना धरानका पनि छन् ।
ईलाका प्रहरी कार्यालय ईटहरीका अनुसार पक्राउ पर्नेहरुमा ईटहरी ३ का २९ बर्षीय सुमन तामाङ र धरान १९ का २४ बर्षीय सुरज परियार रहेका छन् । सुमनले ईटहरी-३ का अनन्त प्रसाद पौडेलको घरबाट नगद १ लाख ३५ हजार र १४ हजार मुल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । गत जेठ १२ गते बिहान करिब ६ बजे पौडेलको घरबाट नगद तथा गहना चोरी भएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा सुमनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगदसमेत बरामद गरेको छ ।
यसैगरी, ईटहरी-६ मा रहेको कुलनयन ट्रेडसबाट नाईट्रोजन ग्यास सिलिण्डर चोरी गर्ने सुरजलाई मोरङको सुन्दरहरैचा(३ बाट चोरी भएको सिलिण्डर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । चोरीको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।