विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २७१ जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, ते¥हथुममा ४, इलाम र संखुवासभामा ३–३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरि, प्रदेशमा ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा २७, इटहरीमा २५, रामधुनीमा ४, दुहवीमा ३, बर्जु र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जना छन् । मोरङको विराटनगरमा ४०, केराबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, बेलबारीमा २, कटहरी, ग्रामथान, उर्लाबारी, मिक्लाजुङ र लेटाङमा १–१, झापाको दमकमा १७, भद्रपुर र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, विर्तामोडमा २ र शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि उदयपुरको त्रियुगामा १६, धनकुटाको धनकुटा नगरपालिकामा ६ र स्थानीय तह नखुलेका २, ते¥हथुमको लालीगुराँसमा ३ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ३, संखुवासभाको चैनपुरमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार ७२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७२२ रहेको छ ।