ताप्लेजुङ: ताप्लेजुङको सिरिजंघा गाउँपालिका २ पुल्चोकस्थित हाइड्रो पावरका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । 

सुन्तली हाईड्रोपावरमा कार्यरत स्थानीय २२ बर्षीय प्रमोद कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो २ बजे हाईड्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज फेर्ने गर्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे अस्थायी प्रहरी चौकी खाम्दिम्बे र ईलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।