धरान: राष्ट्रिय युवा संघ नेपालको देशव्यापी वृक्षारोपण कार्यक्रमअन्तर्गत धरानमा पनि वृक्षारोपण शुरु भएको छ । 

संघको धरान उपमहानगर कमिटीले बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित डेन्टल कलेज परिसारमा ५ सय विरुद्ध रोपर वृहत वृक्षारोपण अभियान शुरुवात गरेको हो । संघका धरान अध्यक्ष भवानी दाहालका अनुसार असार १७ गतेदेखि साउन ७ गतेसम्म देशव्यापीरुपमा वृक्षारोपण कार्यक्रम भइरहेको छ । सोही अन्तर्गत धरानमा पनि शुरु गरिएको उनले बताए । 

डेन्टल कलेजमा विभिन्न प्रजातिका ५ सय विरुवा रोपेको संघले विद्युत प्राधिकरण कार्यालय परिसरमा पनि फलफुलहरुको विरुवा रोपेको अध्यक्ष दाहालले जानकारी दिए । ‘हामीले आज ५ सय विरुवा वीपी प्रतिष्ठानमा रोपेर अभियानको शुरुवात गर्यौं, विजुली अफिसमा पनि फलफुलको विरुवा रोप्यौं,’अध्यक्ष दाहालले भने,‘थुप्रै स्थानहरुमा अझै विरुवा रोप्छौं ।’

plantation1

बाढी पहिरोको जोखिम कम गर्न, अक्सिजन कमी हुन नदिन र हरियाली वातावरण जोगाई राख्न वृहत वृक्षारोपण अभियान संघले आयोजना गरेको जनाएको छ । धरानको बाढीपहिरो जाने क्षेत्रहरुलाई केन्द्रीयत गरेर ३ हजार विरुवा रोपिने अध्यक्ष दाहालले बताए । संघमार्फत धरानमा आएको १ हजार विरुवामा २ हजार थपेर वृक्षारोपण गरिने उनको भनाई छ । त्यसबाहेक सर्दु जलाधार क्षेत्रमा मात्रै पनि थप ३ हजार विरुवा रोपिने उनले जानकारी दिए । ‘धरानको लागि १ हजार विरुवा आएको थियो, हामीले २ हजार थपेर रोप्दैछौं । धरानको खानेपानीको मुहान क्षेत्र सर्दुं जलाधारमा मात्रै थप ३ हजार विरुवा रोप्छौं,’अध्यक्ष दाहालले भने,‘साउन ७ गते जिल्ला कमिटी र धरानले जलाधारमा वृहत वृक्षारोपण गछौं ।’ 

planta1

संघले धरान २० स्थित गोर्खा स्मृति पार्कमा, धरान १६ स्थित तारा सुब्बा स्मृति पार्क, धरान १३ स्थित वीपी पार्क, धरान ५ स्थित देउराली, विभिन्न मठमन्दिरहरुमा पनि वृहक्षारोपण गर्ने जनाएको छ । वृक्षारोपण कार्यक्रम शुभारम्भमा संघका केन्द्रीय सचिवालय सदस्य अर्जुन लिम्बु प्रमुख अतिथि रहेका थिए । यस्तै, नेकपा एमालेका नेताहरु मुरारी सुवेदी, मोतिराज सुनुवार, विजय राई, कुन्ता शर्मा, नुलम राई, हर्कजंग एभेंगलगायत सहभागी थिए । 

planta

platn