धरान: कोरोना संक्रमण पछि उपचारको क्रममा धरानकी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान वडा नं ५ की ५७ बर्षीय महिला छिन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज बिहान ४ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक मुटु रोगी थिइन् । 

उनलाई असार २३ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।