उदयपुर: उदयपुरको ताप्ली गाउपालिका ५ डुढेस्थित सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको बोलेरोले किचेर सोही गाडीको एक यात्रुको मृत्यु भएको छ ।
प्र २-०१-००-१ च-००५० नम्वरको बोलेरो गाडीले किचेर २५ बर्षीय रमेश नेपालीको मृत्यु भएको हो । उनी सोही गाडीमा सवार रहेका थिए । आज बिहानै करिब २ बजे उक्त गाडी उकालो चढ्न नसकेर चिप्लिएर ब्याक भएको थियो । गाडी ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेशलाई किचेर गम्भिर घाईते बनाएको थियो ।
घाईतेलाई तत्काल उद्दार गरी कटारी अस्पताल पुर्याउदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक ३० बर्षीय ईस्वर श्रेष्ठ फरार छन् । उनको खाजी भइरहेको प्रहरीले जनाएको छ ।
बाटोबाट लडेर एक जना महिलाको मृत्यु
ओखलढुङगाको खिजिदेम्बा गाँउपालिका ८ कास्पुमा एक महिला लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय ४३ बर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको हो । हिजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट करिब १२ फिट तल झरेर उनी घाइते भएकी थिइन् ।
स्थानीयले शेर्पालाई घाईते अवस्थामा फेला पारेपछि बोकेर घरतर्फ ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।