इटहरी: होटल तथा लज व्यवसायी इटहरीको नवौ अधिवेशनले उमेश दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा राम कार्की, उपाध्यक्ष प्रथम कैलाश विष्ट, उपाध्यक्ष द्वितीय प्रीति माया सुनवार चयन भएका छन् । यसैगरि, महासचिव दीपक पोखरेल, कोषाध्यक्ष राजन बस्नेत रहेका छन् । महाधिवेशनले सचिवमा विनोद कार्की, सहकोषाध्यक्ष रुपेश दाहाललाई छनौट गरेको छ । 

सदस्यहरुमा दुर्गा थापा, केशव गिरी, धनमायाँ श्रेष्ठ, मोहन श्रेष्ठ, पूर्ण लिम्वू, भेषराज वराल, छत्र तिम्सिना रहेका छन् । सुनसरी क्षेत्र नम्बर ३ का प्रदेश सांसद लिलम बस्नेतको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो । प्रमुख अतिथि बस्नेतले ब्यवसायीहरु विचारमा विविधता भएपनि ब्यवसायमा भने एक हुनुपर्नेमा जोड दिए । उनले होटल ब्यवसायीको समस्यामा समाधानका लागि कार्यसमितिले भूमिका निर्वाह गर्नेमा विश्वास ब्यक्त गरे । 

कार्यक्रममा बोल्दै नवनिर्मित समिति अध्यक्ष दाहालले यस समिति व्यावसायिक हकहितमा डटेर लाग्ने बताए । उनले सङ्कटमा परेका व्यवसायीलाई चलायमान बनाउन हरकदम लागि पर्ने प्रतिवद्धता जनाए ।