झापा: करेन्ट लागेर झापाको विर्तामोड १ मा एक युवाको मृत्यु भएको छ ।
ईलामको सन्दकपुर २ घर भई झापा बिर्तामोडमा बस्दै आएका ३८ बर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको हो । हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारास्थित एक घरमा छत ढलानको क्रममा ढलानको क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
ढलानको भाईबरेटर मेसिनको तार फुस्काउदा अचानक राईलाई करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।