सुनसरी: इटहरी ४ गैरीगाउँबाट एक युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

तेह्रथुमको म्याङलुङ्ग घर भएपनि गैरीगाउँमा इन्द्र रसाइलीको घरमा भाडामा बस्ने ३४ बर्षीय दुर्गा बहादुर रसाइली हिजो साँझ करिब ६ बजे पक्राउ परेका हुन् । उनले ब्राउनसुगर कारोबार गर्ने गरेको बिशेष सूचनाको आधारमा लागू औषध ब्यूरो शाखा कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

उनको कोठा र शरीर खानतलासी गर्दा ५३.२ ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण एक थान र नगद ९८ हजार १७५ रुपैया वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।