धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३९७ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये धरानमा मात्र ७८ जना थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७ जना छन् भने तेह्रथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपुर र दमकमा १५–१५, अर्जुनधारामा १०, शिवसताक्षीमा ५, बुद्धशान्तिमा ४, बाह्रदशी र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, गौरादह र कमल गाउँपालिकामा १–१ जना छन् । 

यता, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, रामधुनीमा १ र स्थानीय तह नखुलेका २ जनामा पनि संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ५२, केराबारीमा २१, उर्लाबारीमा ६, सुन्दरहरैचामा ५, कटहरीमा ३, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ७ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, तेह्रथुममा २, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या ७६ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५०६ रहेको छ । यसैगरि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३३८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५४ महिला र १८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६९ हजार २९२ पुगेको छ ।