झापा: झापाको भद्रपुर ६ मा एक युवाको पानी सर्किएर मृत्यु भएको छ । 

स्थानीय २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान साँढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा सर्किएर उनी बेहोस भएका थिए । बेहोस भएका श्रेष्ठलाई उपचारको लागि मेची अस्पताल भरद्रपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।