धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले खुकुलो बनाएर निषेधाज्ञा साउन १० गतेसम्मलाई थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार केही खुकुलो बनाएर निषेधाज्ञा साउन १ गतेदेखि १० गते मध्यराती १० बजेसम्मलाई थप गरिएको हो । प्रशासनका अनुसार औषधी, खाद्यान्न, तरकारी, इन्धन, डेरी, मासुजन्य तथा बिउविजनका पसलहरु दिनभरि खोल्न दिने निर्णय भएको छ भने अन्य पसलहरुलाई बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न दिइनेछ ।

यस्तै मेला, हाट, गुद्री, सब्जीमण्डीमा भिडभाड हुन नदिने निर्णय गरेको प्रशासनले थोक बजार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ। राजमार्ग छेउछाउका होटल तथा रेष्टुरेष्टहरुले भौतिक दुरी, साबुन पानीले हात धुने, सेनिटाइजरको व्यवस्था गरेर बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउनेछ । 

यसैगरि, सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, डान्स बार, जिमखाना, समुहमा खेलिन खेलकुदलगायतलाई निषेध गरिएको छ भने बढीमा २५ जना सहभागी रहने गोष्ठी, तालिम, बैठक, समिक्षा, प्रशिक्षणलगायत कार्यक्रमहरु स्वास्थ्यको पुर्णमापदण्ड पालना गरेर सञ्चालन गर्न पाइनेछ । साउन १ गतेदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधनहरु मापदण्ड अनिवार्य पालना गरेर सञ्चालन हुन पाउनेछ । 

cdo

cdo1