सुनसरी: छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर सुनसरीमा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार इटहरी र बराहक्षेत्र नगरपालिकामा करेन्ट लागेर २ जनाको ज्यान गएको हो । बराहक्षेत्र २ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर उनी घाईते भएका थिए । घाइते घिमिरेको उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, ईटहरी १७ का मनोज खत्रीको पनि करेन्ट लागेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजे घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर खत्री घाइते भएका थिए । उनलाई उपचारको लागी बिराट टिचिङ हस्पिटल बिराटनगर लगिएको थियो । उपचारको क्रममा नै खत्रीको बेलुका ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।