धरान: धरानमा २ जना युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।
धरानको वडा नं १९ र १५ का दुई युवाले झुण्डिएर आत्महत्या गरेका हुन् । दुवै घटनाको कारण खुलिसकेको छैन । ईलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो आइतबार राती धरान १९ का २० बर्षीय विमल ल्वागुन घरकै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । आमा बुबा मावला गएको बेला घरमा रहेका राती १० बजे विमल सिलिङको पंखामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
यस्तै, आज बिहानै धरान १५ मिलन चोक नजिकै खुकुराको फर्ममा एक युवाको शव झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । वडा नं १५ पिण्डेश्वरी घर भएका १९ बर्षीय यलम्बर राई कुखुरा फर्मको टिनको छानोमा भएको बसको बलोमा दाम्लोले झुण्डिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए । उक्त घटनाबारे अनुसन्धान भइरहेको पनि उनले बताए । मृतक घरमा धेरै जसो नबस्ने र साथीभाईसँग डुलिरहने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । घटनास्थल नजिकै मृतकको फुपुको घर रहेको छ ।