संखुवासभा: भोजपुरको साल्पासिलिचो गाउँपालिका ४ घर भई बिगत ३ बर्षदेखि तुम्लिङटार क्षेत्रमा बसोबास गर्ने २५ बर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् । 

असार ३० गते खाँदवारी नगरपालिका ९ का ४७ बर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परेका थिए । उक्त घटनाको अनुसनधानको क्रमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले कुमालको हत्या भएको ठहर गरेको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।  

प्रहरीले मृतककै मित छोरा नाता पर्ने युवराजलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उनले घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।