धरान: कोरोना संक्रमणबाट धरानकी एक युवतीको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धरान १९ की ३४ बर्षीया युवतीको मृत्यु भएको हो । उनको उपचारको क्रममा हिजो राती ८ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । 

मृतकलाई उच्च रक्तचापको दीर्घरोग रहेको पनि प्रतिष्ठानले जानकारी दिएको छ । मृतकलाई असार २९ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।