धरान: धरानको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित २ जनालाई पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय धरानको टोलीले हिजो बेलुका ४ बजे धरान १० मा जनता ग्यारेजका सञ्चालन गर्ने ३० बर्षीय नविन चौधरी पक्राउ परेका हुन् । उनले ग्यारेजमा लुकाई राखेको प्रतिबन्धित औषधी स्पास्पेन-१००० ट्याव्लेट, ओपाट्याब ५०-४०० ट्याव्लेट र ट्रामाडोल हाइड्रोक्लोराइड-२२ ट्याव्लेट वरामद भएको प्रहरीले जनाएको छ । 

यस्तै, हिजो राती साढे ११ बजे धरान १६ नौलो बस्तीका २४ बर्षीय प्रभु साह पनि प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् । उनको साथबाट स्पास्पेन-१४५ ट्याव्लेट, र ट्रामाडोल-१६३ ट्याव्लेट वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान भईरहेको जनाएको छ ।